सात महिनामा १ खर्ब ६५ अर्ब ऋण थपियो, हरेक नेपालीको भागमा करिब ८२ हजार
- BFIS News
- 2024 Feb 18 08:35
काठमाडौं । सरकारको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यो माघसम्मको तथ्याङ्क हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनामा मात्रै १ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ ऋण थपिएको छ।
ऋणमध्ये आन्तरिकभन्दा बाह्य बढी छ। गत माघसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड र बाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड रुपैयाँ छ।
सोही अवधिमा (७ महिना) सरकारले १ खर्ब ३० अर्ब ११ करोड आन्तरिक ऋण भुक्तानी गरेको छ भने २५ अर्ब १३ करोड रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ।
माघसम्मको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब ४४.३५ प्रतिशत हो। राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो।
सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ८२ हजार रुपैयाँ बराबर ऋण हुन आउँछ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpeg)





प्रतिक्रिया