Nepal Life

नेशनल लघुवित्तले लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Mar 03 07:44
नेशनल लघुवित्तले लाभांश वितरण गर्ने, बोलायो साधारण सभा
National Life

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा आगामी चैत १६ गते धुलिखेलको धुलिखेल लज रिसोर्टमा बिहान साढे १० बजेका लागि बोलाएको हो।

Shikhar
NIMB

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

यस्तै संस्थापक र सर्वसाधारण समूहको सेयर पूँजीको अनुपात क्रमशः ७० र ३० प्रतिशत कायम गर्ने र बोनस सेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण समूहको सेयरपूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२९ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) मार्फत सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ। 

आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ भने कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ। लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया