Nepal Life

फिलिपिन्समा हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 14:02
फिलिपिन्समा हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु
National Life

मनिला, फागुन १९ गते । फिलिपिन्सको राजधानी मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वमा पर्ने क्षेत्रमा मङ्गलबार हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

 

Shikhar
NIMB

दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक जना मलेसियाली र एक जना फिलिपिनो नागरिक रहेको जनाइएको छ। हेलिकप्टरमा दुई जना मलेसियालीसहित पाँच जना यात्रु सवार थिए।

रिजाल प्रान्तीय प्रहरी कार्यालयका अधिकारी रामजे पाङ्गाका अनुसार दुर्घटनामा दुई यात्रुको मृत्यु भएको पुष्टि भएको छ। पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको र पाइलटको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ।

प्रहरी अधिकारी पाङ्गाले हेलिकप्टरको इन्जिनमा समस्या देखिएपछि आपतकालीन अवतरण गर्ने प्रयास गर्ने क्रममा दुर्घटना भएको बताएका छन्। फिलिपिन्स नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया