नेपाल फाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2024 Mar 19 07:47
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले १ लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ।
शेयरधनीले काठमाडौंस्थित कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनसक्नेछन्।
तोकिएको मितिभित्र शेयरका लागि आवेदन नआएमा बैंकबाहिरका अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया