NIMB Header 2
Nepal Life

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 Mar 19 14:31
गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता
Sanima Reliance

काठमाडौं। गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता भएको छ।

Shikhar
NIMB

बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता पत्रमार्फत टानका सदस्यहरूलाई गरिमा विकास बैंकले अधिकतम ५० लाख रुपैयाँ सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै ५ लाख रुपैयाँसम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ।

यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ र इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्नेछन्। साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया