NIMB Header 2
Nepal Life

अरुणको हकप्रदमा आवेदन दिनुभयो? आज अन्तिम दिन हो है!

National Life
  • BFIS News
  • 2024 Mar 20 07:59
अरुणको हकप्रदमा आवेदन दिनुभयो? आज अन्तिम दिन हो है!
Sanima Reliance

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले गत फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रदमा आवेदन खुला गरेको थियो।

Shikhar
NIMB

कम्पनीले चुक्तापुँजीको १:१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १:१ अनुपातमा रु १०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गरेको छ।  

आवेदकले कम्पनीको केन्द्रीय कार्यालय, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएका शाखा कार्यालय, तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत माघ १५ गते  बुक क्लोज गरेको थियो। यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया