कुमारी बैंकको ३ लाख ४ हजार बढी संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2024 Mar 21 08:24
काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ। बैंकले हाल कायम संस्थापक शेयरधनीका लागि विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ४ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
इच्छुकले नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ। सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
प्रतिक्रिया