NIMB Header 2
Nepal Life

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

National Life
  • BFIS News
  • 2024 Mar 21 12:56
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

Shikhar
NIMB

आज सुन प्रतितोला १ लाख २७ हजार ८०० रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा १ हजार ८०० सय रूपैयाँ बढी हो।

यसअघि गत फागुन २७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिन अर्थात् बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ६०० रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ५५५ रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला १ हजार ५२० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढी हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया