NIMB Header 2
Nepal Life

एकआपसमा गाभिने प्रस्तावसहित जाल्पा र किसान लघुवित्तको साधारण सभा बस्दै

National Life
  • BFIS News
  • 2024 Mar 22 08:57
एकआपसमा गाभिने प्रस्तावसहित जाल्पा र किसान लघुवित्तको साधारण सभा बस्दै
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले एकआपसमा गाभिने प्रस्तावसहित आज साधारण सभा बोलाएका छन्। दुवैले एकआपसमा मर्ज हुने प्रस्ताव पारित गर्न एकैसाथ सभा बोलाएका हुन् ।

Shikhar
NIMB

किसान लघुवित्तको पाँचौं वार्षिक साधारण सभा काठमाडौं गल्फुटारमा रहेको ताज प्यालेसमा बिहान ११ बजे आयोजना हुँदैछ। सभामा संस्थाले जाल्पा सामुदायिक लघुवित्तलाई १:०.८८३४ अनुपातमा गाभ्ने प्रस्ताव र यससम्बन्धी भएका सम्पूर्ण कार्य तथा निर्णयहरुलाई अनुमोदन गर्नेछ।    

यसैगरी सभामा गत आवको वित्तीय विवरणहरु पारित हुनुका साथै चालु आवको लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ।  सभा प्रयोजनार्थ जाल्पा सामुदायिक लघुवित्तले फागुन २४ गते बुक क्लोज गरेको थियो।

जाल्पा सामुदायिक लघुवित्तले पनि आज हुन गइरहेको साधारण सभामार्फत किसान लघुवित्तसँग १:०.८८३४ अनुपातमा गाभिने प्रस्ताव पारित गर्नेछ। जाल्पाको साधारण सभा  द एसआर होटल, तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोल, रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

सभाबाट गत आवको वित्तीय विवरणहरु पारित हुनुका साथै चालु आवको लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ।

त्यसैगरी, भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्जर वा एक्विजिसन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया