United Ajod

तोलामा १३ सयले घट्यो सुन

  • BFIS News
  • 2024 Mar Fri 12:06
तोलामा १३ सयले घट्यो सुन

काठमाडौं : बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो। आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ। यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया