NIMB Header 2
Nepal Life

सुर्योदय वोमी लघुबित्तले जिल्ला प्रहरी कार्यालय नवलपरासीलाई दियो डस्बिन र उज्यालो प्रतिबिम्ब

National Life
  • BFIS News
  • 2024 Mar 22 21:26
सुर्योदय वोमी लघुबित्तले जिल्ला प्रहरी कार्यालय नवलपरासीलाई दियो डस्बिन र उज्यालो प्रतिबिम्ब
Sanima Reliance

काठमाडौं । सुर्योदय वोमी लघुबित्त बित्तीय संस्थाद्वारा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चीमलाई डस्बिन तथा उज्यालो प्रतिबिम्ब बेल्ट हस्तान्तरण सुर्योदय वोमी लघुबित्त बित्तीय सस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमलाई ५ थान डस्बिन र २५ थान उज्यालो प्रतिबिम बेल्ट हस्तान्तरण गरेको छ ।

Shikhar
NIMB

यस संस्थाका जोखिम ब्यवस्थापन बिभाग अन्तर्गत कार्यरत अधिकृत चित्र राज सुबेदि ,अनुगमन अधिकृत जमिल खत्री र आन्तरिक लेखापरीक्षक बिभागमा अधिकृत बिमल कोइरालाले प्रहरी निरिक्षक प्रकास भुसाललाई हस्तान्तरण गरेका छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक भुसालले लघुबित्तलेको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको डस्बिन र उज्यालो प्रतिबिम्ब हस्तान्तरणले सरसफाइ तथा प्रहरी सुरक्षाको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रम मा संस्थाका जोखिम ब्यवस्थापन बिभाग अन्तर्गत कार्यरत अधिकृत चित्र राज सुबेदी ,अनुगमन अधिकृत जमिल खत्री र आन्तरिक लेखापरीक्षक बिभागमा अधिकृत बिमल कोइराला ले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा लघुबित्तकाका कर्मचारीहरु तथा जिल्ला प्रहरी कार्यालय नवलपरासि पश्चीमका प्रहरीहरुको उपस्थिती रहेको थियो । हाल सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि ललितपुर कर्पोरेट कार्यालय रही देश भरि नै १७३ वटा शाखा कार्यालयमार्फत करिब १८५००० जना सदस्यलाई वित्तीय सेवा दिइरहेको छ। कार्यक्रममा शाखा कार्यालय परासिको शाखा प्रमुख कृष्ण मुराली लाल मालिले जानकारी गराएका थिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया