NIMB Header 2
Nepal Life

आम्दानीको अर्को माध्यम बन्दै युट्युब, कसरी आम्दानी गर्ने ?

National Life
  • सान्भी धिताल  (ब्लगर)
  • 2024 Mar 25 05:30
आम्दानीको अर्को माध्यम बन्दै युट्युब, कसरी आम्दानी गर्ने ?
Sanima Reliance

काठमाडौँ । आजभन्दा २० वर्षअघि गीत सुन्नको लागि घरघरमा रेडियो तथा क्यासेट हुन्थ्यो। नयाँ क्यासेट आएपछि बजारबाट किनेर ल्याएर सुन्नुपर्ने बाध्यता थियो । प्रविधिको विकाससँगै यस्तो चक्कालाई मेमोरी कार्डले विस्थापित गर्दै लग्यो । मेमोरी हुँदै इन्टरनेट सर्वसुलभ हुँदा हाल गीतको उत्कृष्ट गन्तब्य युट्युब भएको छ । पैसा पनि कमाउन सकिने भएपछि त पुङ न पुच्छरका गीत तथा अन्य भिडियो हालेर पैसा कमाउने जमात विकसित हुँदै गएको छ ।

Shikhar
NIMB

कमाइकै दौडमा लाग्दा हाल भने उत्कृष्टभन्दा पनि भाइरल बनाउन उद्दत हुने खाले गीत देखिन थालेका छन् । यस्तैमा आजभन्दा ४ वर्षअघि हाइलाइट्स नेपाल युट्युब च्यानल मार्फत कुटुमा कुटु सुपारी दाना नामक बोलको गीत सार्वजनिक भयो ।

चलचित्र दुई रूपैयाँको यस गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इसानको स्वर रहेको ५ मिनेट ५४ सेकेन्डको यो गीतले युट्युबमा सबैभन्दा धेरै हेरिएको रेकर्ड राख्यो । हाल यो गीतमा झन्डै १६ करोड पटक हेरिएको रेकर्ड राखेको छ  ।

दोस्रो सर्वाधिक हेरिएको गीतमा गायिका टिका प्रसाईंको 'माया लुकी-लुकी' बोलको गीत आउँछ । तीन वर्ष अगाडि टीका प्रसाईंको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको ५ मिनेट ४९ सेकेन्डको यस गीत नेपाली गीतहरूमा सर्वाधिक हेरिएको मध्ये एक गीत हो । झन्डै ११ करोड ४० लाख पटक हेरिएको छ ।

यसरी विभिन्न अवसर तथा चार्डपर्व पारेर युट्युब कमाइकै लागि गीत बनाउने जमात पनि छन् । केही समयअघिसम्म क्यासेट निकालेर बिक्री गरी आम्दानी गर्ने संगीत क्षेत्रहाल भने युट्युब फेसबुक जस्ता प्लेटफर्म प्रयोग गरी आम्दानी बढाउन हरसम्भव प्रयास गरेको देखिन्छ । यसरी डिजिटल्ली रिलिज गर्दा के कति हुन्छ त आम्दानी?

गीत संगीतको लागि पछिल्लो समय वरदान बनेको युट्युबबाट कसरी कमाइ हुन्छ त रु सर्वप्रथम यसको बारेमा केही जानकारी लिउँ ।

युट्युबको नियम

युट्युबबाट कमाउन हाल युट्युबको नियम अन्तर्गत कुनै पनि च्यानलमा १ हजारभन्दा बढी सस्ब्सक्राइब गर्नुपर्ने हुन्छ । १ हजार सस्ब्सक्राइबसँगै एक वर्षमा ४ हजार घण्टा च्यानल हेरेको हुनुपर्ने छ अर्थात च्यानलको वाच टाइम ४ हजार घण्टा हुनुपर्ने छ । यसरी यसको केही सामान्य नियम पूरा भएपछि अप्लाई गर्दा युट्युबले च्यानल मोनिटाइज गर्न सुविधा दिन्छ ।  यसपछि मात्रै युट्युबमा हालेका भिडियोहरूले कमाइ गर्न थाल्छन् ।

आम्दानीको गर्नको लागि

माथि भनिए अनुसारका सम्पूर्ण मापदण्ड पूरा गरी च्यानल मोनिटाइज भएपछि मात्रै युट्युवमा अपलोड गरिएको भिडियोले पैसा कमाउन सक्छ। मोनेटाइजेसन भएको च्यानलमा अपलोड गरिएको भिडियोमा युट्युवले विज्ञापन राख्छ। त्यसरी राखिएको विज्ञापनहरुबाट नै हो पैसा कमाउने। हाल भने मोन्टेनाइज नगरेको च्यानलमामा समेत युट्युबले विज्ञापन गर्ने गरेको छ र सो बापतको भने क्रियटरलाई दिदैंन । यो नियम युट्युबले हालै ल्याएको हो

कति पैसा कमाउँछ भिडियोले ?

कुनै पनि युट्युव च्यानलमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको हुन्छ । पैसा कति कमाउने भन्ने मुख्य गरी दुई कुरामा निर्भर रहेको छ। भिडियोहरुको प्रकार र विज्ञापनहरुको मूल्यले भिडियोले के कति पैसा कमाउँछ भन्ने निर्धारण गर्दछ। जस्तै एउटा पाँच मिनेटको भिडियोको भ्युज १ करोड छ र १० मिनेटको भिडियो १० लाख भ्युज छ भने कमाइमा १० मिनेटको भिडियो अगाडि हुन सक्छ । किनभने १० मिनेटको भिडियोमा क्रियटर्सले २ भन्दा धेरै ठाँउमा विज्ञापन राख्‍न मिल्ने हुन्छ । 

उदाहारणका लागि सँगै अपलोड गरिएका कुनै पनि ५ मिनेटको भिडियोले एउटाले १ लाख कमाई गर्‍यो र अर्कोले ५० हजारमात्र गर्न पनि सक्छ । भिडियोले पैसा कमाउन युट्युबका पोलिसीअन्तर्गत आरपीएम सिपीएम आदी कारणले गर्दा कमाइ तलमाथि हुने गर्छ

जस्तो नेपालबाट हेर्दा १ डलर कमाइ भयो भने क्यानडाबाट सोही भिडियो हेर्दा त्यसको दुईगुणा भन्दा माथि हुनसक्छ किनभने नेपाल र क्यानडाको विज्ञापनदर निकै नै तलमाथि हुन जान्छ त्यसकारण पनि कमाइ यताउता हुने गर्छ

विज्ञापनमा अर्को पक्ष भनेको युट्युबमा आउने विज्ञापनले पनि प्रभाव पार्ने गरेको पाइन्छ । जस्तो नोभेम्बरदेखि युट्युबमा आउने विज्ञापन बढी हुने गरेको छ यसले गर्दा युट्युब भिडियो क्रियटर्सको कमाइ केही बढ्ने गरेको देखिन्छ

कमाइको आँकडा

माथि भने अनुसार कुनैपनि युट्युबको भिडियोमा कमाइ यत्तिनै हुन्छ भन्ने हुँदैन । आजभोलि युट्युबमा अपलोड गरिने अधिकांस भिडियो ८ मिनेटभन्दा माथिको हुने गरेको छ । ८ मिनेट भन्दा माथि हुनको मुख्‍यकारण भनेको यसको कमाइ नै हो । जब ८ मिनेटभन्दा माथिको हुन्छ तब मात्र यसमा भिडियो अपलोडकर्ताले चाहेको ठाउँमा विज्ञापन राख्‍न सक्छन् ।

नेपालबाट हेर्दा विज्ञापनको रेट निकै कम हुने गर्छ । यसले गर्दा पनि कमाइको आँकडामा कमी भएको देखिन्छ । युटुयुबको कमाइको आधार के हो भन्ने यहाँबाट हेर्न सकिन्छ । हाल धेरैले युट्युबलाई नै मूख्य पेसा बनाएर आम्दानी गरिरहेका छन् । कामै नलाग्ने भिडियोमा लाखौ भ्यूज आइरहेको छ । युट्युबमा भएका समाग्री हेर्दा आफूले कुनलाई प्राथमिकता दिने हो त्यही अनुसारको भिडिओ फिडमा देखिने भएकाले भिडिओ हेर्दा काम लाग्ने भिडिओ हेर्नुपर्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया