सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- BFIS News
- 2024 Mar 25 07:42
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंगलबार अर्थात चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम शेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।
यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी चैत २७ गते आयोजना हुने २७ औं वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया