NIMB Header 2
Nepal Life

प्रभु क्यापिटलद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

National Life
  • BFIS News
  • 2024 Mar 25 14:00
प्रभु क्यापिटलद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो।

Shikhar
NIMB

प्रभु क्यापिटलले चैत ८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमा भिजिट मर्चेन्ट बैंक अन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा जानकारी दिएको थियो।

यस्तै, कम्पनीले चैत ०९ गते पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई शेयरमा कसरि लगानी गर्ने, वित्तिय बजार, र धितोपत्र बजार सम्बन्धी जानकारी गराएको थियो। ग्लोबल मनी वीक – २०२४ अन्तर्गत कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए।

यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन्। केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैली लाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए।

यस्तै पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई कसरी सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरि पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ। यस विश्व वित्तीय सप्ताह को अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु सम्पन्न गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया