NIMB Header 2
Nepal Life

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी

National Life
  • BFIS News
  • 2024 Mar 25 16:40
आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी
Sanima Reliance

काठमाडौं। नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै टी–२० शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ।

Shikhar
NIMB

आयरल्याण्डले जितका लागि दिएको १२२ रनको चुनौतीलाई नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सहयोगमा  ३७ रन बनाए।

त्यसैगरी सन्दिप जोराले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाए भने आसिफ शेखले ११ बलमा दुई चौका र एक छक्काको सहायताले १६ रन जोडे। गुल्सन झाले ४ रन बनाए।

बलिङतर्फ आयरल्याण्डका ग्यारेथ डीलेनीले दुई विकेट लिए भने बेन व्हाइट र थोमस माएसले समान एक/एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुँदै १२१ रनको योगफल बनाएको थियो।

आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए। त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे। त्यस्तै फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिए। नेपालले आइरल्याण्डको ए विरुद्धको दोस्रो खेल मंगलबार खेल्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया