सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो १३ स्थानका लागि शाखा प्रमुख
- BFIS News
- 2024 Mar 26 07:51
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुख पदमा विज्ञापन खुलाएको छ। कम्पनीले १३ स्थानका लागि सो पदमा विज्ञापन आह्वान गरेको हो।
सानिमाले कोशी प्रदेश अन्तर्गत भोजपुर, विराटनगर, खाँदबारी र ओखलढुंगा, बागमती प्रदेश अन्तर्गत बत्तिसपुतली, महाराजगंज, चनौली, कालिमाटी, हात्तिगौडा र फर्पिङ, लुम्बिनी प्रदेश अन्तर्गत बर्दघाट, रामपुर(पाल्पा) र जीतपुरका शाखा कार्यालयहरुका लागि शाखा प्रमुख माग गरेको हो।
उल्लेखित पदका दरखास्त दिन उम्मेदवारको शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने उल्लेख छ। साथै, जीवन बीमा, बैंक तथा अन्य वित्तीय संस्था, लघुवित्तलगायतका क्षेत्रमा बजार प्रवर्द्धनसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनसक्नेछन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया