NIMB Header 2
Nepal Life

आयरल्याण्ड ‘ए’विरुद्धको दोस्रो खेलमा पनि नेपाल विजयी

National Life
  • BFIS News
  • 2024 Mar 26 17:19
आयरल्याण्ड ‘ए’विरुद्धको दोस्रो खेलमा पनि नेपाल विजयी
Sanima Reliance

काठमाडौं। आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा पनि नेपाल विजयी भएको छ। पहिलो खेलमा ६ विकेटले विजयी भएको नेपाल आज ७१ रनले विजयी भयो।

Shikhar
NIMB

आजको खेलमा नेपालले आयरल्याण्डलाई जितको लागि १९९ रनको लक्ष्य दिएको थियो। जवाफमा आयरल्याण्डको पारी १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै १२७ रनमा समेटियो। आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए। उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे। यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले १८ तथा कप्तान निल रकले १७ रन बनाए।

बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन-तीन तथा विवेक यादव, कुशल भुर्तेल र करण केसीले एक-एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनायो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे।

त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए।

बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक-एक विकेट लिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया