मंगलबार घटेको सुनको मूल्य आज फेरि बढ्यो
- BFIS News
- 2024 Mar 27 12:43
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला ३ सय रूपैयाँले घटेको सुनको भाउ आज अघिल्लो दिनको मूल्यमा ४ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ८०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १ हजार ४९० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ५०५ रूपैयाँमा कारोबार भएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)

.jpg)





प्रतिक्रिया