NIMB Header 2
Nepal Life

सुनको मूल्यमा फेरि 'रेकर्ड', एकैदिन बढ्यो प्रतितोलामा ११ सय

National Life
  • BFIS News
  • 2024 Mar 28 12:28
सुनको मूल्यमा फेरि 'रेकर्ड', एकैदिन बढ्यो प्रतितोलामा ११ सय
Sanima Reliance

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत चैत ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख २७ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।

Shikhar
NIMB

आज सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोलामा रु १ लाख २७ हजार ९०० पुगेको छ।

बुधबार छापावाला सुन प्रतितोला रु १ लाख २६ हजार ८०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु १ लाख २७ हजार ३०० सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु १ लाख २६ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया