NIMB Header 2
Nepal Life

नारायणी डेभलपमेन्ट बैंकले बोलायो सधारणसभा, छैन लाभांश वितरणको प्रस्ताव

National Life
  • BFIS News
  • 2024 Mar 29 08:13
नारायणी डेभलपमेन्ट बैंकले बोलायो सधारणसभा, छैन लाभांश वितरणको प्रस्ताव
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आगामी वैशाख १८ गतेका लागि साधारण सभा बोलाएको हो। बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले चितवनको टाँडीमा रहेको होटल स्टारमा बिहान ११:३० बजे बस्नेगरी सभा बोलाएको हो।

Shikhar
NIMB

बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण भने नगर्ने निर्णय गरेको छ।

साधारण सभामा बैंकको केन्द्रीय कार्यालय (रजिष्टर्ड कार्यालय) को ठेगाना परिवर्तन गर्ने, अन्य बैंक तथा वित्तीय संस्था एक-आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, सञ्चालक समिति वा सञ्चालक समितिले तोकेका व्यक्तिलाई अख्तियारी दिन स्वीकृति दिने, सञ्चालकहरूको मनोनयनरनिर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

यस्तै,आव २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरि पारित गरिनुका साथै बैंकको सहायक कम्पनी कोष व्यवस्थापक कम्पनी र गोबर ग्यास कम्पनीको आव २०७९र/०८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरिनेछ ।

सभामा आव २०८०/०८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तीको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकलाई बैंकको लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया