NIMB Header 2
Nepal Life

आकासियो सुनको भाउ, रेकर्ड बनाउँदै एकै दिन बढ्यो तोलामा २१ सय

National Life
  • BFIS News
  • 2024 Mar 29 11:22
आकासियो सुनको भाउ, रेकर्ड बनाउँदै एकै दिन बढ्यो तोलामा २१ सय
Sanima Reliance

काठमाडौं । सुनको भाउ आकासिएको छ। एकैदिन तोलामा २१ सयले बढेको छ। बिहीबार कायम राखेको सर्वाधिक मूल्यको रेकर्ड आज अर्थात शुक्रबार २१ सयले बढ्दै टुटेको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। बिहीबार  तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया