NIMB Header 2
Nepal Life

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Mar 31 07:36
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो। संस्थाले आव २०७९/८० का लागि ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Shikhar
NIMB

लाभांश वितरण प्रयोजनका लागि संस्थाले चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम शेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।

चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत्र २९ गते काभ्रेपलाञ्चोकको बनेपास्थित नमोबुद्ध बैङ्क्वेट एण्ड इभेन्टमा बस्ने गरि साधारणसभाको मिति तय गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि ५.४२२२ प्रतिशत बोनस शेयर र ०.२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया