NIMB Header 2
Nepal Life

महालेखापरीक्षकमा राया सिफारिस

National Life
  • BFIS News
  • 2024 Mar 31 11:54
महालेखापरीक्षकमा राया सिफारिस
Sanima Reliance

काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।

Shikhar
NIMB

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।

गत  जेठ ७ गते महालेखापरीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यबाहकको भरमा चलिरहेको थियो।

महालेखापरीक्षकमा सिफारिस भएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव थिए।

त्यसअघि रायाले अर्थ सचिवका रुपमा पनि काम गरिसकेका छन्। अर्थमा आउनुअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए। राया २०७६ भदौमा सचिव बढुवा भएका थिए ।

सचिवमा बढुवा हुनु अघिसम्म उनीसँग अर्थ प्रशासनमा लामो समय काम गरेको अनुभव थियो। उनले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा काम गरेका थिए । विभिन्न कर कार्यालयको नेतृत्व गरेका उनीसँग आन्तरिक राजस्व विभागमा उपहानिर्देशक बनेर काम गरेको अनुभव छ । उनले भन्सार विभागमा महानिर्देशकका रुपमा समेत काम गरेका थिए ।

अर्थ मन्त्रालयमा सहसचिव रहँदा उनले वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख भएर पनि काम गरेका थिए ।

सचिवमा बढुवा भएपछि उनी बागमती प्रदेशको प्रमुख सचिवका रुपमा नियुक्त भएर पनि काम गरे । सो भूमिकापछि उनलाई सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आपूर्ति मन्त्रालयमा जिम्मेवारी दियो ।

आपूर्ति मन्त्रालयमा रहँदा भने उनी तुलनात्मक रुपमा बढी विवादमा तानिए। नेपाल आयल निगमको इन्धन भण्डारण निर्माणका दुईवटा ठेक्का ‘सेटिङ’मा लगाउँदा पनि उनी मौन बसेका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया