NIMB Header 2
Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालकका लागि निर्वाचन पक्का, ११ जनाको उम्मेद्वारी

National Life
  • BFIS News
  • 2024 Mar 31 18:07
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालकका लागि निर्वाचन पक्का, ११ जनाको उम्मेद्वारी
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक पदका लागि आकांक्षी बढे पछि मतदान प्रकृयाँमै जानु पर्ने भएको छ । बैंकले संस्थापक समुह तर्फ चार जना र सर्वसाधारण समुह तर्फ २ जनाको निर्वाचन प्रकृयाँ अगाडी बढाउदा संस्थापक समुह तर्फ ८ जना र सर्वसाधारण समुह तर्फ तीन जनाको उम्मेद्वारी परेको छ ।

Shikhar
NIMB

निर्वाचन प्रयोजनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा सञ्चालन तथा सञ्चालक निर्वाचन कार्यविधि सम्बन्धी निर्देशिका २०८० अनुसार निर्वाचन समितिले गएको चैत ५ गते उम्मेदवारहरुलाई मनोनयन पत्र दर्ता गर्न आह्वान गरेको थियो । यसरी मनोनयन दर्ता गराउदा संस्थापक शेयरधनीहरुको तर्फबाट संस्थापक समुहका लागि पृथ्वी बहादुर पाँडे (छाँया इन्भेषेटमेन्ट प्रा.लि), मुक्तिराम पाण्डे, मदन कुमार आचार्य, प्रजन्य राजभण्डरी (के.यु.पि इन्भेष्टमेन्ट प्रालि), बरुण श्रेष्ठ (सोफिया इन्भेष्टमेन्ट प्रा.लि), पर्वत कुमार कार्की (नागरिक लगानीकोष), डा. तारा प्रसाद सापकोटा र रवि महर्जनको उम्मेदवारी परेको छ ।

त्यस्तै सर्वसाधारण समुह तर्फबाट सर्वसाधारण सञ्चालकको लागि कवि कुमार टिवरेवाला, चेक्र बहादुर थापा र विकाश थापाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले चैत ७ गतेसम्म पनि सहमति हुन नसके पछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । अव चैत २० गते मदान हुनेछ । मतदान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं स्थित सभास्थलमा बैंकको ३७ औं वार्षिक साधारणसभाको अन्य छलफलका विषयहरुको सममाप्ति पश्चात निर्वाचन अधिकृतले जानकारी गराउने छन् । मतगणना पनि सोहि समयमै गरिने कार्यतालिका रहेको छ । यसरी साधारणसभाकै दौरानमा निर्वाचन परिणामको घोषणा हुनुका साथै प्रमाणपत्र वितरण हुने कार्यतालिका रहेको छ ।

हाल संस्थापक समुह तर्फ उम्मेदवारी परेका मध्ये पृथ्वी बहादुर पाँडे, मुक्तिराम पाण्डे, मदन कुमार आचार्य र प्रजन्य राज भण्डारी सञ्चालक रहेका छन् । बाँकी उम्मेद्वार नयाँ हुन । सर्वसाधारण समुह तर्फ दुई जनाको लागि आवेदन परेकोमा कवि कुमार टिवरेवाला विद्यमान सञ्चालक पदमा रहेर काम गरिरहेका छन् । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जर पछि सञ्चालक पदका लागि रस्साकस्सी चलेको हो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया