NIMB Header 2
Nepal Life

यि हुन् नेपाल इन्भेष्टमेन्ट मेगाका सर्वाधिक ठुला १५ लगानीकर्ता

National Life
  • BFIS News
  • 2024 Mar 31 18:32
यि हुन् नेपाल इन्भेष्टमेन्ट मेगाका सर्वाधिक ठुला १५ लगानीकर्ता
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्वाधिक ठुला संस्थापक लगानीकर्तामा सबै संस्थागत लगानीकर्ता रहेका छन् । बैंकका अनुसार ०.५० प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका १५ लगानीकर्ता रहेका छन् ।

Shikhar
NIMB

यसरी १५ संस्थागत लगानीकर्ताले नै कुल शेयरको २८.५७ प्रतिशत हिस्सा ओगटेका छन् । बैंकको सबैभन्दा ठुलो लगानीकर्ता राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनी एक्लैले कुल शेयर शेयर पूँजीको ६.७३ प्रतिशत हिस्सा ओगटेको छ । हाल कम्पनीको नाममा बैंकको २ अर्ब २९ करोड रुपैयाँ शेयर पूँजी रहेको छ ।

त्यस्तै महालक्ष्मी इन्भेष्टमेन्टको ३.९६ प्रतिशत, छायाँ इन्भेष्टमेन्टको ३.६८ प्रतिशत, केयुपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत, सिटिजन इन्भेष्टमेन्टको १.३२ प्रतिशत, अन्नपुर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, सूर्य इन्फोसिस प्रालीको ०.७४ प्रतिशत, प्रेस्टिन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत, नोबल इन्भेष्टमेन्टको ०.७० प्रतिशत, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ०.६४ प्रतिशत, मर्कन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत र सिआइटी-सिटिजन युनिट स्किमको ०.५६ प्रतिशत होल्डिङ छ ।

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । मर्जर पछि बैंकको शेयर संरचनामा परिवर्तन देखिएको छ । मर्जर अगाडी बैंकमा अन्य लाइसेन्सयुक्त कम्पनीको शेयर स्वामित्व ८.९७ प्रतिशतमा झरेको छ । जवकी नेपाल इन्भेष्टमेन्ट बैंक एक्लै हुँदा १८ प्रतिशत थियो । अन्य संस्थाहरुको हिस्सा २६.२६ प्रतिशत झरेको छ । यस भन्दा अगाडी ४१.८० प्रतिशत थियो । सर्वसाधारण लगानीकर्ताकोको हिस्सा भने ३१.५१ प्रतिशतबाट ३७.३४ प्रतिशतमा पुगेको छ । अन्य लगानीकर्ताको हिस्सा ८.६९ प्रतिशतबाट २७.४३ प्रतिशतमा झरेको छ । यसले गर्दा पनि यस वर्ष बैंकको सञ्चालक समितिको निर्वाचनमा सहमति जुट्न नसकेको हो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया