NIMB Header 2
Nepal Life

पेट्रोलको मूल्य बढ्यो, डिजेल र ग्यासको भने यथावत

National Life
  • BFIS News
  • 2024 Mar 31 21:15
पेट्रोलको मूल्य बढ्यो, डिजेल र ग्यासको भने यथावत
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ। आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको हो।

Shikhar
NIMB

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूख्य भने यथावत राखिएको निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।

यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आए पनि अहिले एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै निगमले मूल्य नघटाउने निर्णय गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया