NIMB Header 2
Nepal Life

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकामा ‘नगरकी छोरी’ कार्यक्रम सुरु

National Life
  • BFIS News
  • 2024 Apr 01 05:05
प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकामा ‘नगरकी छोरी’ कार्यक्रम सुरु
Sanima Reliance

काठमाडौं। बागलुङको बागलुङ नगरपालिकाले प्रभु बैंकसँगको सहकार्यमा ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरेको छ। छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन गरी छोरीहरुलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बैंकसँगको सहकार्यमा उक्त कार्यक्रम सुरु गरिएको हो।

Shikhar
NIMB

त्यसका लागि नगरपालिका र बैंकबीच सम्झौता गरिएको छ। सम्झौतामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र बैंकका बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले हस्ताक्षर गरेका छन्।

बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी”  कार्यक्रमको शुभारम्भ गरिएको हो। ‘नगरकी छोरी’  कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता बमोजिम २०८० असार १ गते पछि नगरपालिकाभित्र जन्मेका सबै छोरीको नाममा २० वर्ष अवधिका लागि मुद्दती खाता खोलिनेछ।

नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा नगरपालिकाको तर्पmबाट ५ हजार रुपैयाँ जम्मा गरिनेछ। त्यसमा प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर दिनेछ। २० वर्ष अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्तिछोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया