NIMB Header 2
Nepal Life

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने, साधारण सभा चैत ३० मा

National Life
  • BFIS News
  • 2024 Apr 01 09:01
आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने, साधारण सभा चैत ३० मा
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। लघुवित्तले चैत ३० गते बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको हो।

Shikhar
NIMB

लघुवित्तले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश भने नदिने जनाएको छ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा-नोक्सानको हिसाबका सम्बन्धमा छलफल हुनेछ। यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि प्रस्तुत हुनेछ।

अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा गरिने लघुवित्तले जनाएको छ।

सभा प्रयोजनका लागि कम्पनीले बुधबार चैत २१ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत २० गतेसम्म कायम शेयरधनी मात्र सभामा सहभागिता जनाउन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया