NIMB Header 2
Nepal Life

सर्वोत्तमको लगातार दोस्रो दिन ओरालो यात्रा, ६.२६ अंकले घट्यो नेप्से

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 01 15:39
सर्वोत्तमको लगातार दोस्रो दिन ओरालो यात्रा, ६.२६ अंकले घट्यो नेप्से
National Life

काठमाडौं । सोमबार नेप्से परिसूचक ६.२६ अंकले घटेको छ। यसदिन नेप्से ०.३१ प्रतिशतले घटेर २०१२.०७ विन्दुमा बन्द भएको छ।

NIMB

सोमबारको बजारमा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१५ वटा धितोपत्रको ७२ लाख ९० हजार २०० कित्ता शेयर किनबेच भएको हो। सोमबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यस दिन गुराँस लघुवित्त र माइखोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ४८५ रूपैयाँ र ४३४ रूपैयाँ ५० पैसा कायम भएको छ।

रिभर फल्स पावरको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४०८ रूपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, हिमालयन हाइड्रोपावरको शेयरमूल्य ६.२७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३७२ रूपैयाँ १० पैसामा झरेको छ।

सोमबार सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ९४१ रूपैयाँमा ४७ करोड २९ लाख १७ हजार बराबरको शेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४४ प्रतिशत घटेको हो। लगातार दोस्रो दिन सर्वोत्तमको शेयरमूल्यमा गिरावट आएको हो।

सर्वोत्तम सिमेन्टको शेयरमूल्य आइतबार सर्वाधिक ९.९९ प्रतिशतले घटेको थियो। उक्त दिन प्रतिकित्ता मूल्य ९७४ रूपैयाँ ५० पैसा कायम भएको थियो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३१ रूपैयाँ ६० पैसामा ११ करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र व्यापार समूहको परिसूचक १.१६ र ०.२० प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार