सोमबार रेकर्ड कायम गरेको सुनको मूल्य आज घट्यो
- BFIS News
- 2024 Apr 02 12:38
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ। सोमबार हालसम्मकै उच्च मूल्य अर्थात १ लाख ३१ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज ४ सय ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ४ सयले घटेर आज १ लाख ३१ हजार २ सयमा कारोबार भइरहेको छ।
यस्तै, तेजावी सुन सोमबार तोलामा रु १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएकामा आजका लागि रु १ लाख ३० हजार ५ सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य भने सामान्य रुपमा बढेको छ। सोमबार प्रतितोला रु १ हजार ५ सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ५ सय ४५ निर्धारण गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)
.jpg)




प्रतिक्रिया