Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार गजुरेल

NMB Bank
  • BFIS News
  • 2024 Apr 02 16:46
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार गजुरेल
National Life

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ। कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाएका गजुरेललाई कम्पनीले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको हो। मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु कम्पनीले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।  

Shikhar
NIMB

सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सन्तोष प्रसाई तथा कलाकार गजुरेलले हस्ताक्षर गरेका छन्।

सिइओ प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए। कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइलिने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।

सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले कम्पनीका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण,सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफले जनाएको छ।  

उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया