NIMB Header 2
Nepal Life

सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी, आज हालसम्मकै उच्च बिन्दुमा

National Life
  • BFIS News
  • 2024 Apr 03 11:46
सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी, आज हालसम्मकै उच्च बिन्दुमा
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

Shikhar
NIMB

यसअघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ३१ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला १ लाख ३३ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा १ हजार ४ सय रूपैयाँ बढी हो।

मंगलबार भने सुनको भाउ प्रतितोला ४ सय रूपैयाँ घटेको थियो। मंगलबारको तुलनामा भने सुनको भाउ प्रतितोला १ हजार ८ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३१ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला  १ लाख ३० हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया