एसइई पासलाई युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर
- BFIS News
- 2024 Apr 03 13:02
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। बुधबार सूचना जारी गर्दै युनिकले प्रशिक्षार्थी कनिष्ठ सहायक पदको सहायक श्रेणी, तेस्रो तहका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
एसएलसी वा एसइई सरहको परीक्षामा कम्तिमा १.६ जिपिए प्राप्त गरेको तथा उमेको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र कम्प्युटर सम्बन्धी ज्ञान भएकाले आवेदन दिनसक्ने संस्थाले जनाएको छ।
दरखास्त बैशाख ५ गतेसम्म दिन सकिने जनाइएको छ। दरखास्त दिने अन्तिम मितिमा सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समयभित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा नजिकको शाखा कार्यालयमा वा इमेल ठेगाना [email protected] मा दरखास्त पेश गर्न सकिने सूचनामा उल्लेख छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)
.jpg)




प्रतिक्रिया