NIMB Header 2
Nepal Life

पिपुल्स पावरले साधारण सभा बोलायो, हकप्रद निष्काशनको प्रस्ताव पारित हुने

National Life
  • BFIS News
  • 2024 Apr 04 09:46
पिपुल्स पावरले साधारण सभा बोलायो, हकप्रद निष्काशनको प्रस्ताव पारित हुने
Sanima Reliance

काठमाडौं । पिपुल्स पावर लिमिटेडले साधारण सभा बोलाएको छ। हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वैशाख १७ गते सभा बोलाएको हो। सभा लिसारा बैंक्वेट हल नक्साल, काठमाडौंमा बस्नेछ।

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया