NIMB Header 2
Nepal Life

युद्धले थिचिएको युक्रेनले विश्वलाई कसरी र कति मात्रामा बेच्दैछ खाद्यान्न?

National Life
  • BFIS News
  • 2024 Apr 04 10:39
युद्धले थिचिएको युक्रेनले विश्वलाई कसरी र कति मात्रामा बेच्दैछ खाद्यान्न?
Sanima Reliance

युक्रेनले हरेक महिना ५० लाख टन खाद्यान्न निर्यात गर्दै आएको छ । यो २०२३ को तुलनामा धेरै हो। गत वर्ष जुलाईमा, रुसले युक्रेन जाने र आउने कार्गो पानीजहाजलाई सुरक्षित मार्ग दिन बन्द गरेको थियो र परिणाम स्वरूप देशको अन्न निर्यात घटेको थियो।

Shikhar
NIMB

युक्रेनले यस वर्षको फेब्रुअरीमा ५८ लाख टन र जनवरीमा ५३ लाख टन अन्न निर्यात गरेको थियो । तर, मार्चमा निर्यातको मात्रा फेरि घट्यो र १ देखि २७ मार्चसम्म ४५ लाख टन अन्न निर्यात भएको थियो । सन् २०२२ मा रुसले आक्रमण गर्नुअघि युक्रेनले हरेक महिना ६५ लाख टन अन्न निर्यात गर्दथ्यो।

ब्ल्याक सी ग्रेन इनिसिएटिभ अर्थात् ग्रेन सम्झौताबाट बाहिरिएपछि रुसले युक्रेन जाने र आउने कुनै पनि जहाजलाई सम्भावित सैन्य लक्ष्यका रूपमा लिने बताएको थियो।

यसका बावजुद, केही कार्गो जहाजहरूले युक्रेनी बन्दरगाहतर्फ जान हिम्मत गरे, तर खाद्यान्नको निर्यात जुलाई, अगस्ट र सेप्टेम्बर २०२३ मा २० लाख टनमा झर्यो। यद्यपि, युक्रेनले नयाँ निर्यात मार्ग अपनाएको छ।

युक्रेनका उपप्रधानमन्त्री ओलेक्जेन्डर कुब्ल्याकोभका अनुसार सन् २०२३ को जुलाईमा भएको अन्न सम्झौताको अन्त्यदेखि सन् २०२४ को फेब्रुअरीसम्म ४२ देशमा २ लाख करोड टन खाद्यान्न निर्यात गरेको थियो।

फेब्रुअरीमा रुसको आक्रमणअघि, युक्रेन विश्वको गहुँको सातौं ठूलो निर्यातक, जौको चौथो ठूलो निर्यातकर्ता र सूर्यमुखीको सबैभन्दा ठूलो निर्यातकर्ता थियो। जब युद्ध सुरु भयो, युक्रेनको निर्यात घट्यो र विश्वभर अन्नको मूल्य बढ्यो। यसले विश्वका गरिब देशका जनतालाई असर गरेको छ ।

युक्रेनले जति धेरै अन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्षम हुन्छ, त्यसको मूल्य त्यति नै कम हुन्छ। खाद्य वस्तुको निर्यात युक्रेनको सबैभन्दा ठूलो आम्दानीको स्रोत हो। सन् २०२१ मा निर्यातबाट २७.८ अर्ब डलर आम्दानी गरेको थियो।

रुसी आक्रमणपछि युक्रेनको अर्थतन्त्रलाई मद्दत गर्न युरोपेली संघले युक्रेनबाट आयात हुने सबै शुल्कहरूसमेत रद्द गरेको छ। यद्यपि, पूर्वी युरोपेली देशहरूले तिनीहरूको बजार युक्रेनी अन्नले भरिएको र किसानहरूको आम्दानीमा यसले चोट पुर्‍याएको गुनासो गरेका थिए।

इयुका कृषि आयुक्त जानुस वोज्सिचोस्कीका अनुसार अप्रिल २०२२ र मार्च २०२३ को बीचमा युक्रेनबाट ४१ लाख टन अन्न पोल्याण्ड आएको थियो त्यसमध्ये ३४ लाख टन देशमै रहेको थियो। युरोपेली कमिश्नरले मे २०२२ मा पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र बुल्गेरियामा युक्रेनी अन्नको बिक्रीमा प्रतिबन्ध लगाए र अन्य देशहरूमा ढुवानीका लागि मात्र युक्रेनी अन्नहरू यहाँ प्रवेश गर्न अनुमति दिएका थिए। पछि समस्या समाधान भइसकेको भन्दै सन् २०२३ सेप्टेम्बरमा नै प्रतिबन्ध हटाइएको थियो।

यद्यपि, त्यसबेलादेखि पोल्याण्डले युक्रेनबाट अनाज आयातमा प्रतिबन्ध लगाएको छ र पोल्याण्डका किसानहरूले युक्रेनसँगको सीमा बन्द राखेका छन्।

मार्च २०२४ मा, युरोपेली आयोगले ओट्स, अण्डा, कुखुरा र चिनी लगायतका केही युक्रेनी उत्पादनहरूको भन्सारमुक्त आयातमा सीमा तोक्ने प्रस्ताव गरेको छ।

यद्यपि, यो स्पष्ट छ कि इयुमा गहुँ र जौ लगायत युक्रेनी आयातहरू जुन २०२५ सम्म भन्सारमुक्त रहनेछन्। आयोगले पूर्वी युरोपेली देशहरूमा रूसी र बेलारूसी खाद्यान्न आयातमा शुल्क बढाउन प्रस्ताव पनि गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया