NIMB Header 2
Nepal Life

सुनको मूल्यमा आज पनि रेकर्ड, तोलाको कति पुग्यो?

National Life
  • BFIS News
  • 2024 Apr 04 12:53
सुनको मूल्यमा आज पनि रेकर्ड, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

Shikhar
NIMB

यसअघि बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ३३ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला १ लाख ३४ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँले चाँदी बढेको हो। चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ५० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ६ सय १० रूपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया