NIMB Header 2
Nepal Life

अधिक तरलता सँगै ट्रेजरी विलको व्याजदर ९.३३ प्रतिशतबाट ३.०२ प्रतिशतमा झर्यो

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 04 19:02
अधिक तरलता सँगै ट्रेजरी विलको व्याजदर ९.३३ प्रतिशतबाट ३.०२ प्रतिशतमा झर्यो
National Life

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिए पछि  नेपाल राष्ट्र बैंकले मौद्रिक औजारहरु प्रयोगमा ल्याएपछि केही हदसम्म व्यवस्थापन भएको अधिक तरलता (लगानी योग्य पुँजी) को अवस्था फेरि दोहोरिएको छ।

NIMB

२०७९ फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेकोमा २०८० फागुनमा ३.०२ प्रतिशत रहेको छ ।बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा ७.१८ प्रतिशत रहेकोमा २०८० फागुनमा २.९२ प्रतिशत रहेको छ ।

२०८० फागुनमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.७७ प्रतिशत, विकास बैंकहरुको १०.७१ प्रतिशत र वित्त कम्पनीहरुको १२.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.६४ प्रतिशत रहेको थियो।

२०८० फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत, विकास बैंकहरुको ७.९३ प्रतिशत र वित्त कम्पनीहरुको ९.१३ प्रतिशत रहेको छ । २०७९ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको थियो।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० फागुनमा वाणिज्य बैंकहरुको १०.७८ प्रतिशत, विकास बैंकहरुको १२.५२ प्रतिशत र वित्त कम्पनीहरुको १३.६१ प्रतिशत रहेको छ । २०७९ फागुनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो।

लगानीको अवसर छैन, ट्रेजरी विलमा पनि राम्रो ब्याज छैन, त्यही कारणले अधिक तरलता भएर ब्याज दर घटेको छ । राष्ट्र बैंकले निक्षेप खरीद गरेर केही हदसम्म व्यवस्थापनको प्रयास गरेपनि पर्याप्त हुन सकेको छैन। 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार