Nepal Life

खर्च हुने आयोजनामा मात्रै बजेट विनियोजन हुने

NMB Bank
  • BFIS News
  • 2024 Apr Fri 07:31
खर्च हुने आयोजनामा मात्रै बजेट विनियोजन हुने
United Ajod

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने तयारी रहेको बताएका छन्। मन्त्रालयमा आयोजित आगामी बजेटबारे विभिन्न मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग सामूहिक छलफलका क्रममा अर्थमन्त्री पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाहेकका मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा तल रहेको तथ्याङ्क प्रस्तुत गरे।

Shikhar
Nepal Life
NIMB

पुँजीगत खर्च कम हुनुमा खर्च गर्ने क्षमता कमजोर हुनु मात्र नभइ बजेट विनियोजन कुशलताको अभावलाई पनि उनले कारणका रुपमा औँल्याए।
    
“तर यो पटक त्यस्तो हुँदैन । खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने सोचमा अर्थ मन्त्रालय छ”, मन्त्री पुनले भने, “आफैंले राखेका योजना कार्यान्वयन गर्न सकिँदैन भने त्यस्ता अवस्तुगत योजनाले आगामी बजेटमा निरन्तरता पाउन सक्दैनन् ।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया