लगातार रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज घट्यो
- BFIS News
- 2024 Apr 05 13:00
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु १ लाख ३२ हजार ७ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु १ लाख ३४ हजारमा कारोबार भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च थियो।
यस्तै, तेजाबी सुन पनि तोलामा रु १ हजार ३ सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु १ लाख ३३ हजार ३ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु १ लाख ३२ हजार ५० निर्धारण भएको हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ६ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु १ हजार ६ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)
.jpg)





प्रतिक्रिया