NIMB Header 2
Nepal Life

क्रस बोर्डर भुक्तानीका लागि माछापुच्छ्रे बैंकद्वारा सम्झौता

National Life
  • BFIS News
  • 2024 Apr 05 14:49
क्रस बोर्डर भुक्तानीका लागि माछापुच्छ्रे बैंकद्वारा सम्झौता
Sanima Reliance

 काठमाडौं। माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ हाउस र फोन पे सँग बेग्लाबेग्लै सम्झौता गरेको छ।

Shikhar
NIMB

फोन पे सँगको  सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपीआई–इनएबल्ड एप्सको प्रयोगद्वारा आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेका वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ।  

यस्तै, सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ।

यसका साथै भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ हाउससँग ‘पार्टिसिपेटिङ टिवाईएफ सेटलमेन्ट बैंक’ साझेदारी समेत गरेको हो। यस सम्झौता अनुरुप उक्त सेवा लाइभ गएपश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि युपीआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन्। नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ।  

यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपीआई–इनएबल्ड एप्स प्रयोग गरेर भारतको नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको युपीआई ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन्। हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु २ लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु ५० हजार पठाउन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया