NIMB Header 2
Nepal Life

कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने

National Life
  • BFIS News
  • 2024 Apr 05 16:32
कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने
Sanima Reliance

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडद्वारा Instant Fone loan सुचारु गरेको छ। बैंकले बढ्दो डिजिटल प्रविधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले ADBL Smart Plus App मा कर्जाको नयाँ सुविधा सुरु गरेको 

Shikhar
NIMB

यस सुविधा मार्फत, योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् । कृषि विकास बैंक लि मा तलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ्ग एपबाटनै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि EMI आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तान (Pre-Payment) को विकल्प पनि रहने छ ।

ADBL इनिस्ट्यान्ट फोन लोन योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने छन् । BNPL सुविधाको प्रयोग कुनै पनि Fonepay मर्चेन्टमा QR पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले “Convert to EMI” सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ADBL इनिस्ट्यान्ट फोन लोनमा दर्ता गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा स्फट्वेर मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ्ग एप भित्र फोन लोन व्यानर र Register बटन देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इनिस्ट्यान्ट फोन लोन का सबै सेवाहरु प्राप्त गर्न सक्नेछन।

कृषि विकास बैंक लि. ले देशका ७७ जिल्लाका २८० भन्दा बढी कार्यालय, १२९ ATM मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ। बैंकले विशेषगरी कृषि क्षेत्रको अग्रणी बैंक भै कार्य गर्नुका साथै व्यक्तिगत कर्जा, मार्जिन लेण्डिङ्ग लगायत अन्य सबै क्षेत्रमा कर्जा प्रवाह गर्दै आईरहेको छ । बैंकले डिजिटल बैंकिङ्ग तर्फ समेत सबै प्रकारका सेवा सुविधा उपलब्ध गराउदै आएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया