Nepal Life

लाभांश वितरणको मूख्य एजेण्डासहित डिप्रोक्स लघुवित्तको साधारण सभा बस्दै

NMB Bank
  • BFIS News
  • 2024 Apr 07 07:48
लाभांश वितरणको मूख्य एजेण्डासहित डिप्रोक्स लघुवित्तको साधारण सभा बस्दै
United Ajod

काठमाडौं । लाभांश वितरणको प्रस्तावसहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थाको २२ औं वार्षिक साधारण सभा चितवनमा रहेको पार्क सफारीमा बिहान १० बजे आयोजना हुँदैछ।

Shikhar
Nepal Life
NIMB

सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले आगामी चैत १५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

यस्तै संस्थाले अन्य उपयुक्त घ वर्गका लघुवित्तलाई गाभ्ने/प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ।  

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया