NIMB Header 2
Nepal Life

हकप्रद शेयर निष्कासनलगायतका प्रस्तावसहित थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारण सभा

National Life
  • BFIS News
  • 2024 Apr 07 08:07
हकप्रद शेयर निष्कासनलगायतका प्रस्तावसहित थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारण सभा
Sanima Reliance

काठमाडौं ।  हकप्रद शेयर निष्कासनलगायतका प्रस्ताव पारित गर्न थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। चैत २३ गते बसेको सञ्चालक समिति बैठकले वैशाख २३ गतेका लागि सभा बोलाएको हो।

Shikhar
NIMB

सभाले हकप्रद सेयर निष्कासन गर्नेसहित उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने, सर्वसाधारण शेयरधनी समूह (ख) का दुईजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिने कम्पनीले जनाएको छ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ।

सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनी मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया