Nepal Life

महुली लघुवित्तको साधारण सभा आज, यस्ता छन् एजेण्डा

NMB Bank
  • BFIS News
  • 2024 Apr 08 07:39
महुली लघुवित्तको साधारण सभा आज, यस्ता छन् एजेण्डा
United Ajod

काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा आज आयोजना गर्ने तय गरेको थियो।

Shikhar
Nepal Life
NIMB

सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। सभा प्रयोजनका लागि संस्थाले गत चैत १४ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु सभामा सहभागी हुन योग्य हुनेछन्।

सभामा संस्थाको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश गर्ने र सोही अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित हुनेछ। सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तलाई गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सोही अवधिको नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

यस्तै संस्थापक शेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयनलाई अनुमोदन पनि गरिनेछ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया