Nepal Life

मर्जरका लागि एनसिएचएल र नेप्सले बोलाए विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 08 09:13
मर्जरका लागि एनसिएचएल र नेप्सले बोलाए विशेष साधारण सभा
United Ajod

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले विशेष साधारण सभा बोलाएका छन्। एनसिएचएलले नेप्सलाई प्राप्ति गर्न दुवै संस्थाले विशेष साधारण सभा बोलाएका हुन्।

Shikhar
Nepal Life
NIMB

सभा आगामी वैशाख १३ गते छुट्टाटुट्टै बस्नेछ। उक्त सभामा एनसिएचएलले नेप्सलाई प्राप्ति गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ। सभामा मर्जरका विषयमा अहिलेसम्म भएका सबै निर्णय र प्रगति विवरण पारित हुनेछन्।

संस्थाले छुट्टाछुट्टै साधारण सभामार्फत आफ्ना शेयरधनीको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकीकृत कार्य गर्नेछन्।

प्राप्ति कार्यपछि परिवर्तन हुने शेयर तथा चुक्तापुँजी वृद्धि गर्ने र शेयर समूह स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ।

गत बिहिबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबीच उक्त अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया