Nepal Life

आज पनि बनायो सुनको मूल्यले रेकर्ड, तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 Apr 08 11:19
आज पनि बनायो सुनको मूल्यले रेकर्ड, तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

Shikhar
Nepal Life
NIMB

यसअघि आइतबार (हिजो) हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला १ लाख ३६ हजार २ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ६ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। प्रतितोला १५ रूपैयाँ बढेर १ हजार ६ सय ८५ रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया