Nepal Life

१३ वर्षीया बालिकालाई 'जब अफर', के गरिन् उनले जसले तान्यो महिन्द्राको ध्यान?

NMB Bank
  • BFIS News
  • 2024 Apr 08 13:30
१३ वर्षीया बालिकालाई 'जब अफर', के गरिन् उनले जसले तान्यो महिन्द्राको ध्यान?
United Ajod

उत्तर प्रदेशको बस्ती सहरकी १३ वर्षीया बालिकाले प्रविधिको मद्दतले आफू र बहिनीलाई बचाएकी थिइन्। ती बच्चीले अमेजनको भर्चुअल भ्वाइस असिस्टेन्ट डिभाइस एलेक्साको सहयोगमा आक्रमणकारी बाँदरलाई भगाएकी थिइन् । अब महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले उनको हिम्मतको कदर गर्दै उनलाई जागिरको प्रस्ताव गरेका छन्।

Shikhar
Nepal Life
NIMB

यी १३ वर्षीया बालिकाको घरमा आक्रमणकारी बाँदर पसेको थियो। उनले धैर्यता र साहस देखाउँदै अलेक्सालाई कुकुरको आवाज निकाल्न निर्देशन दिएकी थिइन्। यो रणनीति सफल साबित भयो र कुकुरको आवाज सुनेर बाँदर भाग्यो।

घटनापछि निकिता नाम गरेकी ती बालिकाले भनेकी थिइन्, "हाम्रो घरमा केही पाहुनाहरू आएका थिए, उनीहरूले गेट खुला छाडेर गएका थिए। त्यसपछि बाँदरहरू भान्साकोठामा पसे र यताउता चीजहरू फाल्न थाले। सानी बच्ची डराएर कराउन थालिन र म पनि डराउन थालें तर मेरो नजर एलेक्सामा पर्‍यो र मैले त्यसलाई कुकुरको आवाज निकाल्न आग्रह गरें। कुकुरको भुकेको आवाजले बाँदरहरू डराए र भागे।"

जब आनन्द महिन्द्रालाई यो घटनाको बारेमा थाहा भयो, उनले सोसल मिडिया प्लेटफर्म एक्समा गएर आफ्नो विचार व्यक्त गरे। उनले लेखेका छन्, ‘आजको युगको महत्वपूर्ण प्रश्न भनेको प्रविधिको दास बन्ने कि मालिक बन्ने भन्ने हो। यी बालिकाको कथाले हामीलाई कसरी टेक्नोलोजी प्रयोग गरेर मानिसहरूलाई मद्दत गर्न सकिन्छ भनेर देखाउँछ। यी बालिकाको सोच्ने क्षमता अचम्मको छ।'

आनन्द महिन्द्राले शेयर गरेको यो भिडियोमा मानिसहरुबाट विभिन्न किसिमका प्रतिक्रियाहरु आएका छन् । एक प्रयोगकर्ताले लेखेका छन् कि, 'यदि हामीले आफ्नो बुद्धिको प्रयोग गर्न सक्छौं भने धेरै खराब घटनाहरूबाट बच्न सकिन्छ। परिस्थिति अनुसार निर्णय लिनुपर्छ।' अर्का प्रयोगकर्ताले लेखेका छन्, 'यी बालिकाको बहादुरीलाई सलाम। हामी सधैं नै टेक्नोलोजीका मालिक हुनेछौं।'

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया