NIMB Header 2
Nepal Life

आइएमई पे सुपर वालेटमा 'सुपर बेनिफिट' प्याकेज

National Life
  • BFIS News
  • 2024 Apr 08 19:33
आइएमई पे सुपर वालेटमा 'सुपर बेनिफिट' प्याकेज
Sanima Reliance

काठमाडौं । सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ।

Shikhar
NIMB

यस सुपर बेनिफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बीमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानी  गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन्।

यसैगरी, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरू, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरी ६ हजार रूपैयाँसम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउने छन्।

आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्य पारेर सुरुवात गर्न  लागिएको थप सुविधा सहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्ताहरूलाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताए।

नयाँ–नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आइएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको पनि प्रमुख कार्यकारी रेग्मीको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया