NIMB Header 2
Nepal Life

उदयपुरमा सगरमाथा लुम्बिनीको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तथा क्षती मुल्याङ्कनकर्ता तालिम सम्पन्न

National Life
  • BFIS News
  • 2024 Apr 08 21:05
उदयपुरमा सगरमाथा लुम्बिनीको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तथा क्षती मुल्याङ्कनकर्ता तालिम सम्पन्न
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड (सलिको) ले उदयपुर जिल्ला स्थित गाइघाटमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तथा क्षती मुल्याङ्कनकर्ता तालिम सम्पन्न गरेको छ ।

Shikhar
NIMB

कम्पनीले उक्त तालिम चैत्र २३ गतेबाट संचालन गरी चैत्र २६ गते सम्पन्न गरेको जनाएको छ । उक्त तालिममा उदयपुर, खोटाङ तथा सप्तरी जिल्ला बाट सहभागिहरुले सहभागिता जनाएका थिए । तालिममा कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लगायत बीमाका सिद्धान्त, जोखिम तथा जोखिम न्यूनीकरण र व्यवस्थापन, बीमा ऐन तथा क्षती मुल्याङ्कनहरु को बिषयमा तोकिएको पाठ्यक्रममा आधारित रहि बीमा अभिकर्ता तथा क्षती मुल्याङ्कनकर्ता तालिम तथा परिक्षा सम्पन्न गराईएको जानकारी कम्पनी का कृषि विभाग प्रमुख तथा कार्यक्रम संयोजक उमेश ढकाल ले जानकारी गराए ।

तालिम मा सहभागि हरु सँग तालिम सुरु हुनु पुर्व तथा तालिम सम्पन्न पश्चात परिक्षा लीइ योग्य सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतम ले जनाएका छन ।

तालिम सम्पन्न भए पश्चात सहभागिहरुको तर्फ बाट शेर बहादुर कार्की ले तालिम संचालन गरेकोमा कम्पनिका प्रतिनिधिहरु लाई धन्यवाद ब्यक्त गर्दै एस्ता तालिम ले आगामी दिनहरुमा कृषि बीमा लाई घर घर मा पुरयाउन ठुलो जनसक्ती तयार हुने र भई परी आउने जनधनको क्षती लाई बीमा मार्फत न्यूनीकरण गर्न सकिने विश्वाश ब्यक्त गरे ।       

उक्त तालिममा अभिकर्ता तथा क्षती मुल्याङ्कनकर्ता गरी जम्मा २७ जना सहभागिहरुका साथै कम्पनी का गाइघाट शाखा प्रमुख डि.बि कटुवाल लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको जनाइएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया