NIMB Header 2
Nepal Life

प्रभु बैंकले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

National Life
  • BFIS News
  • 2024 Apr 09 07:33
प्रभु बैंकले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते २२ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।

Shikhar
NIMB

सभा काठमाडौं बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा बस्नेछ। सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरूको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पनि पारित गर्नेछ।

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया